डोरबिक्रम श्रीष ‘इन्ट्याग्रीटी आइडल’ विजेता
गुल्मी– शिद्धबाबा उच्च मावि गुल्मीका प्रधानाध्यापक डोरबिक्रम श्रीष इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत संस्था एकाउन्टबिलिटी ल्याबले हरेक वर्ष घोषणा गर्दै आएको इन्ट्याग्रीटी आइडलको तेस्रो संस्करण यसपटक श्रीषले प्राप्त गर्न सफल भएका हुन् ।
गुल्मीमा विहिवार आयोजित भव्य समारोहमा बिजेता श्रीषलाई इन्ट्याग्रीटी आइडल २०१६ को प्रमाणपत्र प्रदान गरिएको हो । यसअघि निजामति कर्मचारीले मात्रै पाउँदै आएका यो उपाधि पहिलोपटक शिक्षकले प्राप्त गरेका हुन् । कुल प्राप्त ९७ हजार भोटमध्ये श्रीषले ४१ हजार बढी भोट प्राप्त गरेका थिए ।
सन् २०१४ मा तात्कालिन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल बिजेता भएका थिए भने सन् २०१५ मा तात्कालिन गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँणेल बिजेता भएका थिए । नेपालबाट सुरु भएको यो अभियान तेस्रो संस्करणसम्म आइपुग्दा, लाईबेरीया, पाकिस्तान र मालि लगायतका देशहरुमा पनि विस्तार भैसकेको छ भने ईन्डोनेसियामा सुरु हुने प्रकृयामा रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
उत्कृष्ट पाँचमा पर्न सफल मध्येबाट भोटिङको आधारमा बिजेता घोषणा गरिएको थियो । इन्ट्याग्रिटि आइडलका लागि १५ फेव्रअरी २०१६ बाट चार महिनाको लागि मनोनयन खुल्ला गरीएको थियो । जस अन्तरगत देशका ६७ वटा जिल्लाबाट जम्मा ८३८ मनोनयन प्राप्त भएको थियो । इन्ट्याग्रिटि आइडल ले तय गरेको पूर्व निर्धारीत मापदण्डलाई आधार बनाएर बिभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलको गठन गरी उत्कृष्ट पाँचको छनोट गरीएको थियो ।
उत्कृष्ट पाँचमा श्रीषसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप–सचिव भिष्म कुमार भुषाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, बागेश्वरी उमाबि, भक्तपुरका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा नेपाल सरकारका भुतपूर्व सचिव जिवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेका थिए । अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१६ को छनोट गरिएको आयोजक एकाउन्टबिलिटी ल्याबका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण