लागुऔषधसहित दुई जना पक्राउ
शुक्रबार, २२ पुस २०७३, ११ : ५३
कञ्चनपुर - पश्चिमी सीमानाका गड्डाचौकीबाट आज बिहान सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो ।
दुबै जनालाई लागुऔषधसहित सीमा नाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए ।
धामी लामो समयदेखि लागुऔषधको ओसारपसारमा संलग्न रहेको पाइएको छ उनले भने, “गिरीलाई धामीले मदिरा खुवाई सीमाना कटाउनका लागि लागुऔषध उपलब्ध गराएको प्रारम्भिक सोधपुछमा बुझिएको छ ।” लागुऔषधसहित पक्राउ गरेका दुबै जनालाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण