‘लुट’को रेकर्ड तोड्नेलाई पछि पार्छौ –निर्माता वाग्ले
काठमाडौं – केही पहिलेसम्म निर्माता बीच कस्ले चलचित्रममा बढी पैसा खन्याउने भन्ने बिषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । तर अहिले आएर कस्ले बढी कमाउँने भन्ने बिषयमा प्रतिस्पर्धा हुने देखिएको छ । बिहिबार राजधानीमा आयोजित चलचित्र ‘लुट –२’को ट्रेलर रिलिज कार्यक्रमले यो देखाएको हो ।
कार्यक्रममा ट्रेलर रिलिज पछि बोल्दै निर्माता माधव वाग्लेले आफ्नो ‘लुट –२’ ले अहिलेको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को ब्यवसाहिक तोड्ने बताए । ‘४ बर्ष अगाडि रिलिज भएको ‘लुट’ले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिएको थियो’, वाग्लेले भने ‘यसको रेकर्ड छक्का पन्जाले तोडेको छ । लुट २ ले अब ‘छक्का पन्जा’को रेकर्ड पनि तोड्छ ।’ निर्माता वाग्लेले ‘लुट–२’ले १७ करोड ब्यवसाय गर्ने दाबी गरे ।
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’ मा पहिले सिक्वेलका कलाकार सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा र नयाँ विपिन कार्की , कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशिलराज पाण्डे, एलिसा राई लगायतकाको अभिनय रहेको छ ।
– कार्यक्रममा निर्देशक बस्नेतले यसपटक दुई अर्थ लाग्ने शब्द चलचित्रमा केहि कम गरेको बताए ।
–सेन्सरले यसपटक चलचित्रको दृश्य काटेर एडल्ट सर्टिफिकेट दिए आफुले नलिने निर्देशक बस्नेतले बताए ।
–अभिनेता सौगात मल्लले सबै चलचित्र आफ्ना लागि बिषेश भएको बताए ।
–मोडल तथा अभिनेत्री एलिसा राइले आफू चलचित्रमा बार डान्सरको भूमिकामा देखिएको बताइन् । दयाहाङको अपोजिट भुमिका आफ्नो रहेको उनले खुलाइन् ।
– कार्यक्रममा शुभकामना दिन उपस्थित अभिनेता दिपकराज गिरीले ‘लुट’को रेकर्ड आफुले तोडेको दाबी गर्दै लुट–२ ले आफ्नो रेकर्ड तोड्न घुमाउरो पारमा चुनौति दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण