ढोरपाटनमा नाउरको सङ्ख्या वृद्धि
बागलुङ - ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि भएको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका छन् ।
पाँच वर्षअघि भएको गणनाअनुसार एक हजार ६४८ नाउर आरक्षमा थिए । कार्यालयले प्रत्येक पाँच वर्षको फरकमा नाउरको गणना गर्ने गरेको छ । गत वैशाख/जेठमा कार्यालयले आरक्षका सातमध्ये छवटा ‘ब्लक’ मा नाउर गणना गरेको थियो ।
सुर्तीवाङ ‘ब्लक’मा भने नाउर नपाइने आरक्ष कार्यालयले जनाएको छ । गणना वर्षलाई तुलनात्मक रुपमा हेर्दा नाउरको सङ्ख्या बढ्दै गएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
दसवर्ष अघि गरिएको गणनामा आरक्ष क्षेत्रमा जम्मा ७५५ नाउर फेला परेका थिए । ‘यो वर्ष गरिएको गणनामा ८३ समूहमा नाउर भेटिएका थिए’ अधिकृत बरालले भने “त्यसमध्ये भाले नाउर ६५६, पोथी नाउर एक हजार ४३६ र केही पनि नछुट्टिएका ११० नाउर फेला परे ।” टाढाबाट गणना गर्दा साना नाउरलाई भाले/पोथी छुट्टाउन गाहे हुने उहाँको भनाइ छ ।
सिकार कार्यसँग अनुभवी स्थानीयवासीको सहयोगमा तीन टोली बनाएर आरक्षले नाउरको गणना गरेको थियो । जसमा आरक्षका कर्मचारी र भरिया सम्मिलित थिए । गणनापछि भेटिएका नाउरको सङ्ख्याको आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ ।
‘यो वर्ष नाउर गणना नगरे आउँदो सिकार याममा सिकारको लागि अनुमति रोकिने थियो, हामीले समयमै गणना गरेर प्रतिवेदन विभागमा पठाएका छौँ’ अधिकृत बरालले भने । हिउँ पर्ने याम र वर्षामा गणना गर्न नसकिने हुँदा वैशाख, जेठ महिना गणनाको लागि उपयुक्त मानिने आरक्षका ‘सिनियर गेम स्काउट’ तुलसीराम सुवेदीले बताए।
विभागले पछिल्लो समय गणनाको लागि छुट्टै बजेटको पनि व्यवस्था गर्ने गरेको छ । ढोरपाटन क्षेत्र अत्यन्त विकट रहेकाले गणना कार्य जटिल हुने गरेको कार्यालयका कर्मचारी बताउँछन् । कार्यालयदेखि पाँच÷सात दिनमा पुुगिने ठाउँसम्म आरक्ष क्षेत्र फैलिएको छ ।
यस आरक्षमा बर्सेनि २६ नाउरको सिकार खुल्ला गर्ने गरिएको छ । असोज मङ्सिरको पहिलो याममा १३ र फागुन–वैशाखको दोस्रो याममा १३ नाउरको सिकार ‘कोटा’ छुट्ट्याउने गरिएको छ ।
नाउरसँगै दुबै याममा ६÷६ गरी १२ झारलको सिकार अनुमति दिइने गरिएको छ । विदेशी सिकारी नाउरको सिकारमा बढी आकर्षित हुने गरेका छन् । बाख्रा र भेँडाजातिको बीचमापर्ने नाउर–४ हजारदेखि पाँच हजार मिटरको उचाइमा पाइने गरेको छ । सिकारको लागि विभिन्न सिकार एजेन्सीबीच प्रतिस्पर्धा चल्ने गरेको छ ।
ती एजेन्सीले विदेशी तालिमप्राप्त सिकारीलाई सिकार खेलाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण