बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रतिपक्षको विरोध सभामा ९ नेताले सम्बोधन गर्ने

शुक्रबार, २२ पुस २०७३, १२ : १७
शुक्रबार, २२ पुस २०७३

काठमाडौ–एमाले लगायतका ९ दलले गर्ने शक्ति प्रर्दशन आज दिउसो १ बजेबाट सुरु हुदै छ । यसमा एमाले लगायतका अन्य आठ दलका प्रमुख नेताहरुले संम्बोधन गर्ने नेताहरुले बताएका छन् ।

राष्ट्रिय सभागृहको अगाडि सडकमा बनाएको मंन्चमा ३० जना नेताहरु बस्ने आयोजकले बताएको छ । कार्यक्रममा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र महासचिव इश्वर पोख्रेल सहभागी हुनेछन् ।

मालेको तर्फबाट महासचिव सीपी मैनाली लगायतका बरिष्ठ नेता जानेछन् । जनमोर्चाका चित्रबहादुर केसिसहित अन्य नेतापनि कायृक्रममा सहभागि बन्नेछन्

त्यस्तै नेपाल मजदूर किसान पार्टीका नारायणमान विजुक्छे लगायत नेताहरुसहभागि भएपनि विजुक्छेलेमात्रै सम्बोधन गर्नेछन् । नेपाल परिवार दल एकनाथ ढकाल लगातयका नेताहरु तथा राष्ट्रिय जनमुक्ति पार्टीका ,नेपाः पार्टी र बहुजन शक्ति पार्टीका नेताहरु पनि मंचमा बस्ने छन् ।

मंचमा ३० जना नेताहरु बसेपनि सम्बोधन भने ९ दलका प्रमुख नेताहरुले गर्ने छन् । प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपि ओली हुने छन् । अन्य दलका नेताहरु विशिष्ट अतिथि हुने छन् ।

मंच र ¥यालीको व्यवस्था भने एमाले कार्यकताहरुले गर्ने छन् । २ लाख जनता सहभागी हुने आयोजकले बताएका छन् । तर सडक प्रर्दशनमा राजधानीको प्रर्दशनीमार्ग र भृकुटी मण्डपमा त्यो जनमास अटाउदैन । तर प्रर्दशनि मार्गमा भएका कलेजहरुमा पनि जनमास बस्ने आयोजक बताउछन् । सके सम्मको प्रविधि प्रयोग गरेर सम्बोधन सबैलाई सुन्ने व्यवस्था गरेको छ ।

आयोजकले २ लाख आउने दाबी गरेपनि राजधानीमा आजको शक्ति प्रर्दशनमा करिब ५० हजार मानिस आउने अनुमान गरीएको छ ।

यो शक्ति प्रर्दशन सरकारले मंसिर १४ गते संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध भएको दलका नेताहरुको भनाइ छ । २२ गतेको शक्ति प्रर्दशनबाट सरकारलाई संशोधनको विपक्षमा जनता रहेको देखाउने प्रतिपक्षको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप