समन्वय केन्द्र बनाउन मानव अधिकार आयोगको माग (भिडियो)
काठमाडौं –राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई विभिन्न समुदायबीचको समन्वय केन्द्र बनाउन निर्देशन दिएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न समुदायबीच देखिएको द्धन्द्ध समाधानका लागि सरकारलाई तत्काल समन्वय केन्द्र स्थापना गर्न निर्देशन दिएका हुन् । शुक्रबार काठमाडौमा आयोजित आदिवासी जनजाति अधिकारसम्बन्धि कार्यशाला गोष्ठीको उदघाटन गर्दै अध्यक्ष शर्माले दलित, आदिवासी/जनजातिलगायतका समुदायबीच कुटपिटको घटना समेत हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकारले ढिलाई गर्न नहुनेमा पनि सचेत गराए ।
अध्यक्ष शर्माले भूकम्प पीडितलाई मानव अधिकारको प्रत्याभूति गराउन पनि सरकार चुकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने ‘सरकार र राजनीतिक दलहरु सत्ताको जोडघटाउमा मात्रै लाग्दा मानव अधिकारको अवस्था चिन्ताजनक बन्दै गएको छ ।’
आयोगका अध्यक्ष शर्माले मानव अधिकारसम्बन्धि आफैले बनाएको कार्ययोजना अनुसार चल्न पनि सरकारलाई पुन सचेत गराउदै तराई आन्दोलन, भूकम्पपछि पीडितलाई राहत दिने कामको अनुगमन मानव अधिकार आयोग एक्लैले गर्नु परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण