दक्षिणी थाइल्याण्डमा भारी बर्षा र बाढीबाट ६ को मृत्यु
बैकक - दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रांन्त प्रभावित भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस भारी बर्षा र बाढीको कारण ६ व्यक्तिको मृत्यु हुनुको साथै कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण थाइल्यान्डको समुइमा रहेका एक पाहुना ९गेस्ट हाउस० का मालिकले कैयौ द्विप इलाका प्रभावित हुृने गरी आएको यो एक दशक भन्दा बढी समययताको भारी बर्षा र बाढी भएको जानकारी दिएका छन् ।
करिब १२ बर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको उनले जानकारी दिएका छन् ।
जारी यस प्रकोपको कारण भएका उडान सेवा रद्दका कारण आफ्ना पाहुना घर भरिएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण