बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त (फोटोफिचर र भिडियो )

शुक्रबार, २२ पुस २०७३, १५ : ५९
शुक्रबार, २२ पुस २०७३
काठमाडौँ - एमालेको शक्ति प्रर्दशनका कारण काठमाडौंको सडक केही क्षण अवरुद्ध भएको छ । दिँउसो २ बजे पर्दशनी मार्गमा कार्यक्रम शुरु हुनुअघि एमाले सहित विभिन्न ९ दलका कार्यकर्ताहरुको पर्दशनका कारण शहरका विभिन्न भागमा ट्राफिक जाम भएको थियो । सबारी जाम ब्यवस्था गर्न ट्राफिक प्रहरीले झन्डै एक हजार प्रहरी थप गरे पनि सबारीसाधन केही बेर जाममा फसेका थिए । साथै जुलुसलाई स्र्कटिङ गर्नका लागि पनि १ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरीको भनाई छ । सुरक्षाका लागि नेपाल प्रहरी, दंगा प्रहरीका साथै सशस्त्र प्रहरी परिचालन गरिएको छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप