खैरो हेरोईनसहित २ किशोर ठमेलबाट पक्राउ
काठमाडौ –प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले अवैद्य लागु औषध खैरो हिरोईन सहित २ जनलाइ पक्राउ गरेको छ ।
ब्यूरो बाट खटिएको विषेश प्रहरी टोलीले बिहीबार काठमाण्डौको ठमेलबाट २० ग्राम खैरो हेरोईनसहित कालीकोट चिल्खाया गा.वि.स. वडा नं. ९ घर भएका २० वर्षका सर्जन कुमार शाही र १९ वर्षका दत्त शाहीलाइ पक्राउ गरेको हो ।
बरामद लागु औषध खैरो हेराईनको हालको अवैध बजार मूल्य रु. एक लाख तीस हजार हुने व्युरोले जनाएको छ ।
यता, धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचिमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ ।
यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो
फेला परेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो
स्थानीय होटेल जलासा प्रालिका संचालक प्रदीप थापाले सडकमा भेटाउनुभएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गरेका छन् ।
सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कञ्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण