बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एउटा मुर्तिका कारण कोरिया–जापान सम्बन्ध धरापमा

शुक्रबार, २२ पुस २०७३, १६ : ५८
शुक्रबार, २२ पुस २०७३

सिओल – दक्षिण कोरियाको बुसान सहरमा रहेको आफ्नो कन्सुलेट कार्यालय अगाडी एउटा विवादास्पद मुर्ति राखिएपछि जापानले आफ्नो दुई कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।

मुर्ति राखिएको विरोधस्वरुप टोकियोले दुई देशबीच हुने भनिएको मुद्रा साट्ने विषयमा हुने भनिएको उच्च स्तरीय आर्थिक बैठक रोक्ने निर्णय गरेको छ । जापनका प्रमुख क्याबिनेट सेक्रेटरी योसिहाइड सुगाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।

गत डिसेम्बरमा नागरिक समूहले खडा गरेको उक्त मुर्तिले ‘कम्फर्ट वुमन’ लाई प्रतिनिधित्व गर्दछ । ती महिलाहरुलाई दोस्रो विश्व युद्ध ताका जापानी सेनाले यौन दासीको रुपमा प्रयोग गर्दैछ ।

‘उक्त मुर्तिले जापान र दक्षिण कोरियाबीचको सम्बन्धमा नकारात्मक असर पुर्याउनेछ, यो निकै दुःखद कुरा हो,’ सुगाले भने ।

यसको विरोध स्वरुप जापानले दक्षिण कोरियाका लागि आफ्नो राजदूत र बुसानमा रहेको कन्सुलेटका प्रमुखलाई फिर्ता बोलाएको हो ।

यसबारे विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको विदेश मन्त्रालयले दुःख प्रकट गरेको छ ।

दक्षिण कोरियाली मिडियाका अनुसार समूहले डिसेम्बर २८ मा नै उक्त मुर्ति राख्ने प्रयास गरे पनि प्रहरीले त्यसलाई रोकेका थिए ।

तर, त्यसको व्यापक विरोध भए पछि प्रहरीले कन्सुलेट अगाडीको सडकमा मुर्ति स्थापना गर्ने अनुमति दिएको थियो ।

दुई देशबीच यौनदासी बनाइएका महिलाको विवादबारे सन् २०१५ मा सम्झौता भउको थियो । त्यतिबेला जापानले ती महिलाहरुलाई सहयोग स्वरुप १ बिलियन येन दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप