लप्सीको परिकार अमेरिकासम्म
शुक्रबार, २२ पुस २०७३, १५ : २२
पर्वत - जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ ।
मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो ।
पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो अमेरिका पठाएको थियो । यस वर्ष १० मेट्रिक टन लप्सीका परिकारको माग भएको उद्योगका सञ्ंचालक थानेश्वर भुसालले बताए ।
अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए । यस वर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ ।
वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यवसायिक खेती थर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण