बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा अविवाहित आमाद्वारा शिशुको हत्या

शुक्रबार, २२ पुस २०७३, १५ : ५०
शुक्रबार, २२ पुस २०७३
ललितपुर - आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसंगै बस्दै आएकी थिइन् । अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप