बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चित्रबहादुरले भने, ‘प्रचण्डले नेपाली जनताको कलेजो काटेर उता बुझाउन चाहे’

शुक्रबार, २२ पुस २०७३, १६ : ०५
शुक्रबार, २२ पुस २०७३
काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, –मुलकका जनतालाई एमालेलगायतका नौ दलले भरोसा दिइरहेका छन् । –हामी संविधान बनाएर कसैको केही बिगारेका छैनौ । –संविधान जारी भएपछि नेपाली जनताले पाँच महिनाको नाकाबन्दीको समस्या झेल्नुपर्यो । –सत्ताधारीले बुझे हुन्छ, ग्राण्ड डिजाइन सफल हुन दिँदैन । –अहिले चार नम्बरबाट पाँच नम्बर अलग गर्यो भोली अरु किन अलग गर्न सक्दैनौँ भन्ने छन् –गणतन्त्रले देशलाई टुक्राटुक्रा बनाएर अरु देशमा मिसाउन चाहेको छैन । –राष्ट्रियताको सौदावाजी गरेर सत्तामा जानेको अनुहार पनि देखियो । –भारतलाई आग्रह गर्न चाहन्छौ, नेपालमाथि हस्तक्षेप नगरौं । –भारतीय जनतासँग कुनै टक्कर छैन, भारतीय शासकसँग छ । –प्रचण्डले नेपाली जनताको कलेजो काटेर उता बुझाउन चाहेका छन्, त्यो अब सम्भव छैन । –झापा छुटाए मात्र चुनावमा जाने भनेका छन्, मधेशी मोर्चाका नेताहरु । –यी जनताको लागि होइन सब सत्ताका लागि गरेका छन् । –पाँच नम्बर प्रदेश टुक्राउन हुँदैन भने जनता महिनौदेखि लडिरहेका छन् । –नेपालको अखण्डतामाथिको गिद्धेदृष्टि हामीलाई स्वीकार्य छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप