हचुवाको भरमा भोजपुर पूर्ण खोपयुक्त जिल्ला घोषणा
भोजपुर – सन् २०१७ सम्म भोजपुर जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्यअनुसार शुक्रबार भोजपुर पुर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले भोजपुर सदरमुकाममा तामझामका साथ पूर्ण खोप सुनिश्चिता जिल्लाका रुपमा घोषणा गरेका हुन ।
तर जिल्लालाई पुर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा गरिएपनि विनाआधार हचुवाको भरमा गरिएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपाटाईटिस बी, डिपिटी, दादुरा, रुबेला, टिटी जस्ता खोप पूर्णरुपमा पाएको अवस्था र आउँदा दिनमा पनि पाउने सुनिश्चितता भएपछि मात्रै पूर्ण खोप सुनिश्चिता जिल्लाको रुपमा घोषणा गर्नुपर्ने भएपनि जिल्ला खोप समन्वय समितिले मन्त्रीको उपस्थितीमा विना आधार औपचारिकता पुरा गर्न मात्रै पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेका हुन ।
पूर्ण खोपयुक्त सुनिश्चिता भएको जिल्ला घोषणाका लागि घरधुरी सर्वेक्षण, नियमित खोप र प्रमाणिकरण गरेपछि स्थानीय निकायको कार्यक्रममा समावेश गरी निगरानी गरि अध्यनन गरेर मात्रै पूर्ण खोप जिल्ला घोषणा गरिने सुचक राखिएको छ । तर, पूर्ण खोपयुक्त सुनिश्चितताका लागि आवश्यक पर्ने ती सूचकहरु औपचारिकता दिन र सबै बालबालिकाको पहँचमा खोप नप¥याई नै गरिएको छ ।
सदरुमकुाममा तामझामका साथ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिरहँदा दुरदराजका बालबालिकाहरु भने खोप पाउनबाट बञ्चित भएको जिल्लाबासीले गुनासो गरेका छन् ।
‘सदरमुकाममा तामझामका साथ सबै बालबालिकाहरुले खोप पायो भनेर घोषणा गरिएछ, यो ज्यादै हास्यस्पद कुरा हो’ दोभाने सालेवाका दिक्पाल राईले भने ।
राईका अनुसार दोभाने गाविस लगायत अन्य गाविसका गाउँघरमा रहेका बालबालिकाहरु अझै पनि खोप पाउनबाट बञ्चित छन् । पूर्ण खोपयुक्त जिल्ला घोषणा सरकारी कर्मचारीको आफ्नो काम पुरा गर्ने र खानेमेलो मात्रै गरेको राईले बताए ।
सरकारले सबै बालिबालिकाहरुमा खोप पुगिसकेपछि र आउने दिनमा पुग्ने सनिश्चिता भएपछि खोपयुक्त जिल्ला घोषणा गर्ने कार्यक्रमलाई अगाडी लिएको थियो । तर भोजपुरमा भने सबै बालबालिकाहरुमा खोप नपुग्दै नै घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण