एनआइसी एसिया बैैंकबाट निकालेको पैसा भक्तपुरमा फिल्मी शैलीमा लुटियो
शुक्रबार, २२ पुस २०७३, १७ : ३२
भक्तपुर–मध्यपुर ठिमी कौशलटारमा रहको एनआइसी एसिया बैैंकबाट एक महिलाले निकालेको ५ लाख लुटिएको छ ।
–बालकुमारी कोलोनी थिमीमा बस्ने मन्दिरा अधिकारीले सहकारीमा किस्ता तिर्न निकालेको ५ लाख र उनको साथमा रहेको १ लाख रुपैँया गरेर ६ लाख लुटेर लुटेरा फरार भएका छन् ।
शुक्रबार मध्याहन्नमा बैंकबाट पैसा निकाले र नजिकै रहेको सिन्धु कन्टेनर सहकारीमा मासिक किस्ता तिर्न लाग्दा उनको साथबाट उक्त रकम लुटिएको हो ।
प्रहरीको अनुसार मोटरसाइक रोक्ने बित्तिकै रातो कालो रंगको पल्सर मोटरसाईकलमा आएका लुटेराले उनको पैसा राखेको झोलो खोरेर भागेका थिए ।
रकम लुटेर फरार रहेकाहरुको खोजि भइरहेको र मोटरसाईकलको रंग रातो पालो र बा.७९ प लट सम्म खुलेको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।
घटनापछि भक्तपुर प्रहरीले सबै नाकाहरुको सुरक्षा व्यवस्था कडापारी लुटेराको खोजी गरिरहेको वृत्तले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण