युएईमा घाइते जीवनलाई आर्थिक सहयोग
शुक्रबार, २२ पुस २०७३, १७ : ३७
युएई –सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका झापा,सुरूङ्गा ३ का जीवन रानाको उपचारको लागी झापाली समाज यूएईले आर्थिक सहयोग गरेको छ ।
झापाली समाज यूएई कोषाध्यक्ष अशोक चापगाई र बिनीता बिमलीले गत बुधबार अस्पताल पुगी १ लाख २० हजार रकम आर्थिक सहयोग गरेका हुन् ।
गत डिसेम्बर २५ तारिक बाटो काट्ने क्रममा सबारी साधनले ठक्कर दिई ढाडको दुईबटा हड्डी र खुट्टा भाँचिएपछि जीवनलाई उपचारार्थ सारहजास्थित कुबेती अस्पतालको अर्थोपेडिक वार्डमा उपचार लगिएको थियो । उनलाई अहिले अप्रेशनको लागी फुजेरा अस्पतालमा राखिएको छ ।
चिकित्सकको भनाई अनुसार उनको उपचारको लागी कम्तिमा २० हजार दिराम लाग्ने (६ लाख) रूपैयाँ लाग्ने र कम्पनीको तर्फबाट कुनै सहयोग नआएकोले यूएईमा रहेका सम्पूर्ण संघ संस्था तथा संपूर्ण नेपालीलाई सहयोग गरीदिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण