सुरु भयो सुवासको ‘पर्व’
काठमाडौं - सुवास गिरीको निर्माण रहने चलचित्र ‘पर्व’को छायाँकन सुरु भएको छ । शुक्रबार ललितपुरको च्यासल खेल मैदान नजिकै सेट बनाएर छायाँकन सुरु गरिएको हो । चलचित्रको सुरुवातमा निर्देशक, निर्माता र कलाकारले पूजाबाट गरे ।
‘काले काले’ बोलको गीतबाट चलचित्रको छायाँकन सुरु गरिएको हो । जसको शनिबार पनि छायाँकन हुनेछ । गीतमा माला लिम्बु र निर्देशक निश्चल बस्नेतको अभिनय गर्नछन् ।
३५ दिनको छायाँकन सेडुल सहित चलचित्र सुरु भएको हो । सस्पेन्स थ्रीलर कथालाई मुख्य बिषयका रुपमा उठाइएको चलचित्र दिनेश राउतले निर्देशन गर्दैछन् । काठमाडौंका विभिन्न स्थानमा चलचित्र खिचिने निर्देशक राउतले बताए ।
टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्रको निर्माण हुन लागेको हो । चलचित्रमा नायिका नम्रता श्रेष्ठको साथमा नायक तथा गायक कोशिश क्षेत्री पनि मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारमा माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना रहने बताइएको छ ।
सुवास गिरी र निकिता पौडेलले लगानी गर्ने यस चलचित्रमा हिमाल केसीको द्वन्द्व, कविराजको नृत्य रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण