बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जुम्लादेखि धनुषासम्मबाट शक्ति प्रदर्शनमा आएका एमाले कार्यकर्ता के भन्छन् ?

शुक्रबार, २२ पुस २०७३, १५ : २८
शुक्रबार, २२ पुस २०७३

काठमाडौ - नौ दलको राजधानीमा भएको शक्ति प्रर्दशनमा एमालेले राजधानी र त्यस वरपरका जिल्लाबाट मात्र जनताको सहभागी हुने जनाएको थियो । तर आमसभामा भने राजधानी वरपरका जिल्लाहरु मात्र होइन । टाढा टाढाका जिल्लाहरुबाट सहभागी भएका भेटिए ।

बुद्धेश्वर दास, धनुषा यो सरकारले जनतालाई अधिकार नदिएकाले म यहाँ आएको हुँ । जनताले अहिले शिक्षा, रोजगार, मल खाद बिउ चाहेका छन् । यो सरकार दिन चाहिरहेको छैन । यसको लागि हामी दबाब दिन काठमाडौँ आएका हौँ । अहिलेसम्म सिचाइको व्यवस्था हुन सकेको छैन । यसकोलागि पनि सरकारलाई दबाब दिनु पर्ने भएकाले आएका हँु । प्रचण्डले देश टुक्राउँछ भनेर भनेका थिए हाम्रा नेताहरुले त्यसलाई रोक्नु पर्छ भनेर आएका हौँ । देश टुक्राउनु भनेको राम्रो होइन । मिलेर बसेका छौँ ।

गहकला शाही, जुम्ला आमसभा हेर्नं आएकी हुँ । देश टुक्राउने षड्यन्त्र भएको भन्ने सुनेकि थिए । मिलेर बसेका नेपालीलाई विभाजन गर्ने काम हुदैछ भन्ने पनि सुनेर आम सभामा आएकि हुँ । जुम्लाबाट यहाँ आउनुको कारण देश विभाजन गर्न हुदैन भनेर भन्ने आएकी हुँ । सरकारले जनताको पक्षमा काम गरी रहेको छैन । यो सरकारलाई दबाब दिन आएकी हुँ ।

अम्बिका थापा, काठमाडौ यो सरकार संघीयताको नाममा समुदाय विभाजन गर्दैछ । संघीयता भनेको मिलेर बसाउनका लागि हो । तर यो सरकार संघीयता भन्दै पहिले बनाएका प्रदेश विभाजन गर्दैछ । यसको विरुद्ध बुटवलमा आन्दोलन भयो । तर पनि सरकार पछाडि हट्न तयार छैन । यो सरकारलाई जनता भिवाजन होइन एकता चाहन्छन् भन्ने सन्देश दिन आएकी हुँ । यस्तै तरिकाले चल्ने हो भने यो सरकार देश विभाजन गर्ने लाइनमा छ । यसलाई रोक्नु पर्छ । आजको जन शक्तिप्रर्दशनले त्यो कुरा देखाएको छ ।

आनन्द महतो, सर्लाही कार्यक्रम सुन्न आएको हुँ । काठमाडौमा हुने आम सभामा नेताहरुले के भन्छन् भनेर आएको हुँ । म मेरो पैसाले बसमा आएको हुँ । प्रचण्डले देश टुक्राउन थाल्यो भनेर हाम्रा नेताहरुले भनेका थिए । हामी देश टुक्राउन दिनुहुन्न भनेर नारा लगाउन आएको हुँ । आज धेरै मान्छेहरुले पनि त्यही नारा लगाए । हामीलाई दुई नं प्रदेशको नाममा ८ जिल्ला मात्र होइन । सिन्धुली रामेछाप र मकवापुर पनि चाहिन्छ । अहिलेको दुई नं प्रदेशमा त केहि छैन । न नदिनाला छन् । न गिट्टी वालुवा छ । न पहाड छ । अहिलेको दुई नं प्रदेश हामीलाई चाहिदैन ।

दयाशंकर प्रसाद राय, बारा प्रचण्डको सरकारले देश टुक्राउछ भनेको सुनेको छु । यो काम गलत हो । हामी यसका विरुद्ध छौ । अहिले पहाड तराईबीच पनि मत भिन्नता बढेको छ । मधेशमा मधेशीले पहाडिलाई हेप्छ । पहाडमा मधेशीलाई हेप्छन् । यसको अन्त्य हुनुपर्छ । यो यहि किसिमले चलिरहेमा देशमा द्वन्द्व हुन्छ । यसको अन्त्य हुन आवश्यक छ ।

विन्लेश्वर राय सर्लाहि म ६३ बर्षको भए । भाई एमालेको कार्यकर्र्ता हो । उसले काठमाडौँ जानु भन्यो । त्यही भएर म आएको हुँ । मलाई अरु केहि थाह छैन । सरकारले देश टुक्राउँछ जानैपर्छ भनेपछि आएको हँु । म मेरो आफ्नै खर्चमा आएको हुँ । कसैले खर्च दिएन । हामीलाई खाना लाउन पुग्नुपर्छ । संविधान के हो थाहा छैन । संशोधन के हो थाहा छैन ।

भिमादेवि थापा, गोठाटार

भाषण सुन्न आएँ । म ७३ बर्षको भए । हामीलाई आन्दोलन गरेपछि केपी ओलीले गाडिमा सहुलिएत दिलाए । पहिला आन्दोलन गर्दा कसैले दिएन । हाम्रा १४ जना साथिहरु मरे । तर, कसैले हेरेन ओलीले दिलाए । त्यसकारण उनको भाषण सुन्न आएकी हुँ ।

भूमिनन्द संजिल, ललितपुर हामीलाई हिमाल, तराई र पहाड एउटै भएको प्रदेश चाहिन्छ । यो देश विभाजन गर्न पाइँदैन । नेताहरुले विभाजन हुन दिँदैनौ भनेका छन् । हामी साथ दिन आएका हौँ । देश टुक्राउन पाइदैन भन्न आएका हौ । यो सारा जनता यही भन्न आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप