बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एमालेको सभामा ९ दलद्वारा भारतमाथि १५ हमला

शुक्रबार, २२ पुस २०७३, १९ : १०
शुक्रबार, २२ पुस २०७३

काठमाडौँ – सविधान संशोधन फिर्ता लिने उद्देश्यले सरकारलाई दवाव दिन एमालेले आज आयोजना गरेको सभामा बोल्ने नेताहरुले अधिकांश समय मधेशी दल र भारतको आलोचनामा खर्चिए ।

सरकारले ल्याएको सविधान संशोधन प्रस्ताव भारतको इशारामा आएको कुरा नेताहरुले प्रष्ट रुपमै राखेका थिए । त्यति मात्र होइन, देश विखण्डन गर्न भारत लागेको पनि प्रष्ट रुपमै भने ।

एमाले नेतृत्वको नौ दलीय गठबन्धनमा बोलेका नौजना नेताले यसरी गरे भारतमाथि हमलाः

१.यो सविधान संशोधन भारतको इशारामा आएको हो ।

२.लैनचौरले तयार पारेको संशोधन प्रस्ताव मंसिर १४ गते दर्ता भएको हो ।

३.भारतको परराष्ट्र नीति नेपालको परराष्ट्र नीति बनेको छ ।

४.भारतले गिद्धे दृष्टि लगाउँछ भने हामी पनि सुगौली सन्धीको हिसाब किताब लिन्छौँ ।

५.भारतको हस्तक्षेपमा अब चुप नबस्ने ।

६.भारतीय जनतासँग कुनै टक्कर छैन, भारतीय शासकसँग छ ।

७.भारतीय रअका आर के यादवको पुस्तकमा तराई मधेशलाई नेपालबाट अलग पार्ने कुरा छ । त्यही डिजाइनमा काम भइरहेको छ ।

८.काँग्रेस–माओवादी भारतको पिछलग्गु ।

९.राजदूत रञ्जित रेले दिवा भोज दिएर संशोधन प्रस्ताव पारित गर्न लगाएका छन् ।

१०.नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको सविधान बारेमा गलत सूचना दिए ।

११.भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर सविधानलाई विरोध गर्ने ?

१२.नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएको सातवटा बुँदा फिर्ता भएन ।

१३.भारतले नेपालाई फिजिकरण, सिक्किमीकरण, भुटानीकरण गर्न लाग्यो ।

१४.भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप जारी राखेको छ ।

१५.नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप