नौ दलको सभामा प्रचण्डमाथि १५ हमला
शुक्रबार, २२ पुस २०७३, १९ : ५६
काठमाडौँ – सविधान संशोधन फिर्ता लिने उद्देश्यले सरकारलाई दवाव दिनका लागि एमाले नेतृत्वको नौ दलीय गठबन्धनले आज राजधानीमा आयोजना गरेको सभामा बोल्ने अधिकाँश नेताहरुले अहिले सरकारले ल्याएको सविधान संशोधन प्रस्ताव भारतको इशारामा ल्याएको बताउँदै त्यसको गोटी मधेशवादी दल र सरकारलाई नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बनेको कुरा राखे ।
एमालेका सभाले प्रचण्डमाथि गरेका १५ हमलाः
१. प्रचण्ड र शेरवहादुर देउवाले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन चाहेका छन् ।
२.संविधान कार्यान्वयन भन्दा सत्ता लम्ब्याउन प्रचण्ड लागेका छन् ।
३.प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन् ।
४.अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् ।
५.प्रचण्डले नैतिकताको हिसाबले राजिनामा दिनुपर्छ ।
६.प्रचण्डले नेपाललाई सिकिमीकरण गर्न खोजेका छन् ।
७.प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्ताव गैरसवैधानिक छ ।
८.प्रचण्डलाई निर्वाचनमा चासो छैन, सरकारको आयु लम्ब्याउनमा लागेका छन् ।
९.प्रचण्डले गैरजिम्मेवारी अभिव्यक्ति दिँदैछन् ।
१०.प्रचण्डलाई प्रधानन्यायधीशले सल्लाह दिनुभयो रे त्यसैले संशोधन प्रस्ताव अगाडि बढाएको रे ।
११. प्रचण्डले नेपाललाई गज्यामज्यागमा पारेर विभाजन गर्न खोजेका छन् ।
१२.अनुचित चासोका लागि प्रचण्डको नेतृत्वमा सरकार निर्माण भएको हो ।
१३.प्रचण्ड नतृत्व सरकारले ल्याएको प्रस्तावले प्रदेशसभाको अधिकारलाई मिच्ने काम गरेको छ ।
१४.प्रचण्डले नेपाली जनताको कलेजो काटेर उता बुझाउन चाहेका छन् ।
१५.प्रचण्डले बुझे हुन्छ, अब ग्राण्ड डिजाइन सफल हुन दिँदैनौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण