बौद्धका दुईवटा मनिचेन्जरमा राजस्वको छापा
आइतबार, २४ पुस २०७३, १८ : १८
काठमाडौं– राजस्व अनुसन्धान विभागले राजधानीको बौद्धमा संचालित दुईवटा मनिचेन्जरमा छापा मारेको छ ।
आईतबार ‘स्वर्णदिप’ र ‘वेल’ नामक मनि चेन्जरमा छापा मारेको पुष्टि गर्दै राजस्व अनुसन्धान विभागका निर्देशक नारद गौतमले भने, ‘कागजात जफत गरेका छौं, कारोवार पारदर्शी भए नभएको अनुसन्धान पछि मात्रै थाहा हुन्छ ।’
विदेशी मुद्राको अवैद्य कारोवार हुने गरेको सुचनाका आधारमा मनि चेन्जरमा छापा मारेको बताईएको छ । मनि चेन्जरमा अस्वाभाविक नगद तथा विदेशी मुद्रा नदेखिएको हुनाले नगद बरामद गरिएको छैन ।
कागजातमा देखिने कारोबार र बैंक ट्रान्जेक्सन भिडाएर थप अनुसन्धान गरेपछी मात्रै मनि चेन्जरले विदेशी विनीमयको अवैद्य कारोवार गरे नगरेको थाहा हुने गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण