बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकले बोनस शेयर र नगद लाभांश दिने

आइतबार, २४ पुस २०७३, १८ : २३
आइतबार, २४ पुस २०७३
काठमाडौँ – एनएमबि बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७२/७३ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ । बैंकको अन्र्तराष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डको २० प्रतिशत स्वामित्व रहेको यस बैंकको वोनस शेयर पश्चात चुक्ता पूँजी रु. ६ अरब ४६ करोड पुग्नेछ । हाल बैंकको ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप