खानेपानी नपाएको भन्दै सारङकोटवासीद्वारा खानेपानी कार्यालय घेराउ
पोखरा – पोखरा–२६ सराङकोटका वासिन्दाले आइतवार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय घेराउ गरेका छन् । संस्थानले खानेपानी नदिएको भन्दै उनीहरुले संस्थानको कार्यालय घेराउ गरेका हुन् ।
कार्यालयमा पुगेका ४ सय घर परिवारले छिट्टै खानेपानीको व्यवस्था नगरे खानेपानी कार्यालयबिरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
पोखराको प्रर्याङस्थित ढ्वाङको मुहानको पानी मेथलाङ डाँडामा रहेको एक होटलमा रातारात पुर्याएको र स्थानीय सौर्यखोलावासीलाई पानी नदिएको भन्दै उनीहरुले कार्याय घेराउ गरेको वताएका छन् ।
रातारात पाईप बन्द गरेर मेथलाङमा पानी पुर्याउँदा नेपाल खानेपानी संस्थान पोखरा शाखाका कर्मचारीे ठूलै रकम चलखेल गरेको स्थानीयवासीले दाबी गरेका छन् ।
कार्यालय घेराउ गरेपछि खानेपानी संस्थान पोखरा शाखका प्रमुख निरण महर्जन तीन दिनमा प्राविधिकसहित सो स्थानमा निरिक्षण गर्न आउने आश्वासन दिएका छन् ।
तीन दिनमा खानेपानी नआए फेरी कार्यालय घेराउ गरिने स्थानीय उपभोक्ता दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण