दोस्रो विश्वयुद्धमा यौनदासी विवाद : भिक्षुद्वारा आत्मदाहको प्रयास
सिओल – दोस्रो विश्वयुद्धमा यौनदासीको रुपमा कोरियाली महिलाहरुलाई राखिएको बारेमा दक्षिण कोरिया र जापानबीच भएको सम्झौताको विरोधमा भएको प्रदर्शनमा एक बौद्ध भिक्षुद्वारा आत्मदाहको प्रयास गरिएको छ ।
अधिकारीहरुका अनुसार ६४ वर्षीय भिक्षुको शरीर अत्याधिक जलेको र उनी हाल अस्पतालमा अचेत अवस्थामा रहेका छन् ।
शनिबार राष्ट्रपति पार्क गेउन हे हटाउन माग गर्दै गरिएको विरोध र्यालीका क्रममा उनले आत्मदाहको प्रयास गरेका थिए ।
पछिल्लो ११ हप्तादेखि राष्ट्रपति पार्कविरुद्ध विरोध र्याली आयोजना भइरहेको छ ।
ती भिक्षुको सिओल नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनले आत्मदाहअघि सन् २०१५ मा जापानसँग भएको सम्झौता गरेर पार्कले देशद्रोह गरेको भन्दै तत्काल पक्राउ गर्न माग गरेका थिए ।
दोस्रो विश्वयुद्धमा कोरियाली महिलहरुलाई जापानी सेनाले यौनदासीको रुपमा प्रयोग गरेका थिए । दक्षिण कोरियाले लामो समयदेखि त्यसको क्षतिपूर्ती माग गर्दै आएको थियो ।
सन् २०१५ मा भने दुई देशबीच जापानले क्षतिपूर्ती दिने र माफी माग्ने सम्झौता भएको थियो ।
यद्यपि, आलोचकहरुले भने जापानले माफी मागेर मात्र नपुग्ने र युद्धअपराधको मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन् ।
कोरियाको बुसान सहरमा जापानको कन्सुलेट कार्यालयअघि ‘यौनदासी’ को रुपमा राखिएकी महिलाको मुर्ति स्थापना गरिएपछि दुई देशबीच पुनः तनाव शुरु भएको छ । शुक्रबार जापानले कोरियाका लागि आफ्ना दुई कुटनीतिक प्रतिनिधिलाई फिर्ता बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण