जेरुसलममा सैनिकहरुमाथि ट्रक चलाइयो, ४ को मृत्यु, १३ घाइते
आइतबार, २४ पुस २०७३, १९ : ५४
जेरुसेलम – इजरायलको जेरुसलममा सैनिकहरुको समूहमाथि एउटा ट्रक चलाइँदा ४ जनाको मृत्यु भएको छ ।
प्रहरीले यसलाई आतंकवादी आक्रमण भएको बताएको छ ।
मारिनेमा तीन महिला र एक पुरुष रहेको बताइएको छ । सबैको उमेर २० वर्षको आसपास रहेका छन् । घटनामा १३ जना घाइते छन् ।
प्रहरीका अनुसार आक्रमण गर्ने ट्रक ड्राइभर सेनाको गोलीबाट मारिएका छन् । पछिल्लो १५ महिनामा इजरायली सेनामाथि प्यालेस्टाइनीबाट निरन्तररुपमा आक्रमण भइरहेका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार इजरायली सेना भएको स्थानमा ट्रक तीव्र गतिमा कुदाइएको थियो । पछि, ट्रकलाई पछाडि फर्काएर घाइतेहरुमाथि पुनः कुदाइएको थियो ।
इजरायलका प्रहरी प्रमुख रोनी अल्सेचका अनुसार ड्राइभर पूर्वी जेरुसेलमबाट रहेको र उनीसँग इजरायली ड्राइभिङ लाइसन्स रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण