बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा हिमपातको कहर : ७ करोड जनता प्रभावित, ३ को मृत्यु (फोटोफिचर)

आइतबार, २४ पुस २०७३, २० : ३०
आइतबार, २४ पुस २०७३

काठमाडौँ – अमेरिकाको विभिन्न राज्यमा भएको हिमपात र आँधीका कारण ७.२ करोडभन्दा बढी जनता प्रभावित बनेका छन् ।

आलाबामादेखि न्युयोर्कसम्म बाक्लो हिमपात भएको छ । जसका कारण हालसम्म ३ जनाको मृत्यु भएको बताइएको छ ।

केही स्थानमा ८ इन्च बाक्लो हिउँ परेको छ ।

बाक्लो हिउँका कारण कनेक्टिकट लगायतका राज्यहरुको राजमार्ग अवरुद्ध बनेको छ भने उत्तरी क्यारोलाइनामा विद्युत आपूर्ती बन्द भएको छ ।

विभिन्न एयरलाइन्सहरुले उडान रद्द गर्नुपरेको छ भने विभिन्न राज्यमा सवारी चलाउन निषेध समेत गरिएको छ ।

क्यालिफोर्नियाँमा यो सप्ताह १२ इन्चम्म वर्षा हुने बताइएको छ ।

वर्षा र हिमपातका कारण त्यहाँमा पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो बाढी आउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप