बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सभामुख घर्तीले संसदको मर्यादा नाघिन् : नेता नेपाल

सोमबार, २५ पुस २०७३, ११ : ५६
सोमबार, २५ पुस २०७३

सुनसरी–एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदको सभामुख ओनसरी घर्तीले रुलिङ भन्दा बाहिर गएर दोस्रो संशोधन विधेयक स्वीकृत गरेको आरोप लगाएका छन् ।

प्रेस चौतरी सुनसरीले इटहरीमा सोमबार बिहान गरेको पत्रकार भेटघाटमा नेता नेपालले प्रतिपक्षी सांसदहरुको अबरोध हुदा बैठक स्थगित गर्ने संसदीय अभ्यास विपरीत सभामुख घर्तीले विधेयक पेस गर्न सरकारलाई अनुमति दिएर सभामुखको गरिमा समेत घटाएको बताएका हुन् ।

नेता नेपालले भने,

–सभामुखको काम युक्तिसंगत र नजिरविपरित छ ।

–संबिधान संशोधन बिद्ययेकाका बिषयमा अझै पनि बिवाद कायमै छ ।

–यो घट्नालो अव देशमा मुडभेठ निम्तने खतरा बढेको छ ।

–प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयकको अन्तरवस्तु राष्ट्रघाती र असंवैधानिक रहेकाले हामीले विरोध गरेका हौं ।

–संसदमा जबरजस्ती पेश गरिएको संविधान संशोधनको प्रस्ताव जसरी पनि विफल बनाएरै छाड्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप