हिन्दू राष्ट्र स्थापनाका लागि अहिंसात्मक धर्मयुद्ध गर्ने
काठमाडौँ - विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिए ।
उनले भने–“सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौँ ।”
हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक धर्मयुद्ध गर्न लागेको बताए ।
उनले धर्मयुद्धमा युद्ध गर्न वा लड्नभन्दा पनि विभिन्न सभा सम्मेलन गरेर धर्मका बारेमा आमनागरिकलाई जानकारी दिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण