सर्वोच्चको आदेशबमोजिम मुआब्जाको माग गर्दै धर्ना
सोमबार, २५ पुस २०७३, १४ : ००
काठमाडौँ - सर्वोच्च अदालतले मुआब्जा नदिई सडक विस्तार नगर्नु भनी दिएको अन्तरिम आदेश पालना नभएको भन्दै आज धर्ना र ¥याली प्रदर्शन गरिएको छ ।
उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिई नयाँ बानेश्वरसम्म ¥याली प्रदर्शन गरेको हो । सर्वोच्चको आदेशविरुद्ध स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएकाले धर्ना र ¥याली गर्नुपरेको समिति अध्यक्ष सुमन सायमीले बताए ।
समितिमा उपत्यकाका विभिन्न स्थानका गरी २४ सङ्घर्ष समिति आबद्ध छन् । समितिले यसअघि गत बुधबार उपत्यका बन्दको आयोजना गरेको थियो । शान्तिपूर्ण रुपमा माग राख्दा सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने पीडितको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण