दोलखामा ८८.०६ प्रतिशत भूकम्पपीडितले अनुदानको पहिलो किस्ता पाए
दोलखा - भूकम्प गएको २० महिना पछि जिल्लामा ८८.०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् ।
जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भए पनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ ।
प्राधिकरणका अनुसार सम्झौता सकिएको तर रकम बैंक खातामा जम्मा नभएका एक हजार ६५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ । चार हजार ५४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी रहेको छ ।
प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ ।
पैँतालीस हजार ७४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको सङ्ख्या शून्य रहेको हो । दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो ।
भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो । छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७१२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए ।
उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ ।
सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन् । भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण