किशोरीलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालकविरुद्ध सार्वजनिक मुद्दा
काठमाडौँ – सार्वजनिक यातायातमा किशोरीलाई अपशब्द प्रयोग गर्ने एक सहचालक यति बेला प्रहरीको खोरमा पुगेका छन् ।
गोदावारीबाट लगनसम्म गुड्ने माइक्रोबसका ती सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने किशोरीहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।
पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् ।
त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन् ।
ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार होप इन्टरनेसनल कलेजमा नर्सिङ संकायमा अध्ययनरत विद्यार्थीहरु गोदावारीबाट आइतबार सातदोबाटोसम्म आएका थिए ।
‘छुट माग्दा सहचालक गुरुङले छुट दिन नमिल्ने बताउँदै अपशब्द प्रयोग गर्दै विद्यार्थी बहिनीहरुलाई गाली गरेछन् । विद्यार्थीहरुले त्यसको उजुरी तत्कालै ट्राफिक प्रहरी कहाँ गरे,’ हाछेथुले भने, ‘सातदोबाटोमा रहेका ट्राफिक प्रहरीसमक्ष उजुरी गरेपछि तत्कालै प्रहरी लगनखेल पुगेर सहचालकलाई पक्राउ गरिएको छ ।’
बा १ ज ६०७१ नम्बरको माइक्रोबसका चालक महर्जन र सहचालक गुरुङमाथि सार्वजनिक मुद्दा अन्तरगत कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
‘निकै अभद्र र अश्लिल शब्द प्रयोग गरेर ती सहचालकले गाली गरेका रहेछन्,’ हाछेथुले भने, ‘यसरी सार्वजनिक यातायातमा ड्राइभर वा सहचालकबाट कुनै प्रकारको दुव्र्यवहार गरिए तुरुन्तै नजिकैको ट्राफिक प्रहरीलाई खबर गरिदिनु अनुरोध गर्दछौँ । दुव्र्यवहार गर्नेमाथि कारवाही हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण