बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कार्टुनिस्ट वात्स्यायनलाई सम्मान

सोमबार, २५ पुस २०७३, १६ : ५७
सोमबार, २५ पुस २०७३

पोखरा - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको २७औँ दिवसका अवसरमा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन सम्मानित भएका छन् ।

चित्रकलाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनलाई आज यहाँ आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरन्जीवीप्रसाद शर्माले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा प्याब्सन कास्कीमा आबद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने पोखरा पब्लिक स्कुल चाउथेका सन्देश शर्मा र शिशु निकेतनकी प्रतिभा बराललाई पाँच हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा प्याब्सन कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु वार्डमा तीन लाख ५० हजार मूल्य बराबरको सामग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त वार्डको रङ्गरोगन तथा मर्मतसम्भारका साथै प्रत्येक श्ययालाई दुई–दुई थान तन्ना, सिरानी र कम्बल प्रदान गरिएको अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप