महिलाको हत्या आरोपमा प्रिन्सीपल पक्राउ, निर्दोष रहेको भन्दै रिहाईको माग
सुनसरी–सुनसरीको दुहबीस्थित माउन्ट मनास्लु बोर्डिङ्ग स्कुलमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका स्कुलका संस्थापक एवम प्रिन्सीपल शंकर थापा निर्दोष भएको भन्दै रिहाईको माग गरिएको छ ।
दुहबी नागरिक समाजले पत्रकार सम्मेलन गदै थापालाई प्रहरीले बिनाकारण हत्यामा मुछ्न खोजेको भन्दै उनको रिहाईको माग गरेको हो ।
दुहबी ४ स्थित मनास्लु बोर्डिङ्ग स्कुलमा गत १४ गते पबित्रा बिष्टको घाँटी रेटी हत्या गरिएको अबस्थामा शव फेला परेको थियो । सोही बिद्यालयमा काम गर्ने बिष्टलाई थापाले नै हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरि हिरासतमा राखेर यातना दिनुका साथै परिवारका सदस्यलाई समेत भेट्न नदिएको पत्रकार सम्मेलनमा बताएका छन् ।
थापालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।
थापालाई स्वास्थ्य समस्या देखिएको भन्दै अदालतले अस्पताल राख्न आदेश दिदा समेत प्रहरीले नमानेको आफन्तजनको गुनासो छ । थापा प्याव्सनका केन्द्रिय सदस्य तथा दुहबी नागरिक समाजका पूर्व अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण