रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट हुने कच्चा तेल निर्यातमाथि पुनः प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।
- जी–सेभेन शिखर सम्मेलनमा बोल्दै ट्रम्पले तेल आपूर्ति सामान्य भएपछि प्रतिबन्ध पुनः लागू गरिने बताए ।
- रुसको तेल तथा ग्यास आम्दानीमाथि लक्षित गर्दै थप कडा कदम चाल्ने विषयमा जी–सेभेन राष्ट्रहरू छलफल गरिरहेका छन् ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट हुने कच्चा तेल निर्यातमाथि लगाइएको प्रतिबन्ध चाँडै पुनः लागू गर्न सकिने चेतावनी दिएका छन् । इरानसँगको युद्धविरामपछि विश्व ऊर्जा आपूर्तिको अवस्था स्थिर भएकाले अब रुसमाथि दबाब बढाउने समय आएको सङ्केत उनले दिएका हुन् ।
फ्रान्समा भएको जी–सेभेनको शिखर सम्मेलनको छेकोमा बोल्दै ट्रम्पले भने– ‘अब तेल आपूर्ति सामान्य रूपमा बहिरहेको छ, त्यसैले हामी चाँडै प्रतिबन्ध पुनः लागू गर्न सक्षम हुनेछौँ,’ ।
स्टेट अफ होर्मुजबाट तेल आपूर्ति पुनः सुरु भएपछि बजारमा आपूर्तिको चिन्ता घटेको दाबी उनले गरेका छन् । यसअघि अमेरिकाले केही अवस्थामा समुद्रमा रहेका रुसी तेल ढुवानीमा अस्थायी छुट दिएको थियो । तर अब त्यो छुट हटाएर कडा प्रतिबन्ध लागू गर्ने सङ्केत ट्रम्पले दिएका छन् ।
तेल तथा ग्यास आम्दानी नै रुसको युद्ध खर्चको मुख्य स्रोत मानिन्छ । जी–सेभेन राष्ट्रहरूले पनि रुसको ऊर्जा आम्दानीलाई लक्षित गर्दै थप कडा कदम चाल्ने विषयमा छलफल गरिरहेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–सेभेनका नेताहरू युक्रेनको समर्थनमा एकमत रहेको बताएका छन् । युक्रेन वार्ताका लागि तयार रहेको दाबी गर्दै रुसमाथि शान्तिप्रति वास्तविक इच्छाशक्ति नदेखाएको आरोप उनले लगाए ।
यसबिच, केही युरोपेली देशहरूले रुसमाथि अझ कडा प्रतिबन्धको माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण