ओबामाको बिदाई मन्तव्य : पत्नीलाई धन्यवाद दिँदा आँशु थाम्न सकेनन्
सिकागो – अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो बिदाई मन्त्वय दिने क्रममा निकै भावुक देखिए । सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पत्नी मिसेललाई धन्यवाद दिँदा उनले आँशु थाम्न सकेनन् ।
‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले भने, ‘तिमीले मसँग नमागेको जिम्मेवारी सम्हाल्नुपर्यो, तर त्यसलाई तिमीले कुशलतापूर्वक पूरा गर्यौँ ।’
यति भनिरहँदा ओबामाको आँखा आँशुले भरिएको थियो । उनले गोजीबाट रुमाल निकालेर आँशु पुछे । सँगै उनकी जेठी छोरी पनि रोएको देखिएको थियो ।
राष्ट्रपति ओबामाले आफ्नो मन्त्वयको क्रममा प्रजातन्त्रमाथि चुनौती खडा भएको विषयमा बढी ध्यान केन्द्रीत गरेका थिए । यद्यपि, अहिलेको व्यवस्थाको आधारभूत कुरामा आफूलाई अझै विश्वास रहेको बताउँदै उनले आफ्ना समर्थकहरुलाई पनि परिवर्तन र अग्रगमन अझै सम्भव रहेकोमा विश्वास गर्न आग्रह गरेका थिए ।
उनले उपराष्ट्रपति जो विडेनलाई पनि ‘आफ्नो भाई’ भन्दै धन्वाद दिएका थिए ।
मिसेल ओबामाकोे तारिफ गर्दै बाराकले भने, ‘तिमीले ह्वाइट हाउसलाई सबैको बनायौँ । तिमीले मलाई र यो देशलाई निकै गर्वान्वित बनाएका छौँ ।’
५५ वर्षीय ओबामा सन् २००८ मा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए ।
त्यतिबेला सिकागोबाटै उनले विजयी भएको घोषणा गरेका थिए । आज फेरि त्यही ठाउँमा पुगेर उनले आफ्नो बिदाई मन्तव्य दिए ।
आगामी २० जनवरीमा ओबामालाई विस्थापित गर्दै डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण