पूर्वाधारको विकासभन्दा शिलान्यासमा मात्र रुचि : सभापति अधिकारी
काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले आफ्नो अनुगमन र मूल्याङ्कन प्रतिवेदन पेस गर्दै पूर्वाधारको विकासका उदासीनता र केवल शिलान्यासमा मात्र रुची देखाउँदा विकासका काम समयमा सम्पन्न हुन नसकेको बताए ।
संसदीय समितिले वार्षिक प्रतिवेदन पेस गर्दै आएपनि अनुगमन र मूल्याङ्कन प्रतिवेदन सदनमा पहिलोपटक पेस भएको हो । सो प्रतिवेदनमा समग्र निर्णय र निर्देशनमा कस्ता प्रगति भए वा भएनन् भन्नेबारे उल्लेख छ ।
सभापति अधिकारीले समितिका निर्णय मात्र होइन, सरकारका मन्त्री र निकायका निर्णयहरु नै कार्यान्वयन नहुँदा विकासका काम प्रभावित भएको बताए । पछिल्ला तीन वर्षमा शिलान्यास भएका ९६ पुलहरु अझै सम्पन्न हुन नसकेको विवरण प्रस्तुत गरे ।
‘‘पूर्वाधारको विकासका उदासीनता र शिलान्यासमा रुची देखिएको छ, अर्कोलाई दोष दिएर उम्कने प्रवृत्ति छ । यस्तो शैलीबाट पुँजीगत खर्च र परिणाम दिन तथा सदन र सरकारलाई जवाफदेही बनाउन सकिँदैन’’ सभापति अधिकारीले भने ।
बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद्मा दुई सदस्य थप भएकोसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
-
समीक्षाको गीत ‘देशै छोडेर’मा रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा
-
अर्थमन्त्री डा. वाग्लेलाई पहिलो नम्बरमा ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण