सामुदायिक वनमा काठ तस्करी बढ्यो
गौशाला - महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ ।
समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निक्कै बढेको पाइएको छ ।
वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयाँैं क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेका छन् । तस्करीका लागि राखिएका त्यस्ता बरामद गरिएका काठ जिल्लाको लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन् ।
वन गस्तीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ । काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब रु तीन लाख अनुमान गरिएको छ ।
बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए ।
जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन् । वन पदाधिकारीकाअनुसार काठ चोरी तस्करी नियन्त्रण हुननसक्दा सबै वनको अवस्था एकै जस्तो छ ।
सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण