वीरगञ्जमा बाघको आक्रमणबाट चार प्रहरीसहित नौ जना घाइते
पर्सा– पर्साको लखनपुर र रामनगरी गाविसमा बाघको आक्रमणबाट चारजना प्रहरीसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई प्रहरी र दुई स्थानीय गरि चार जनाको अवस्था गम्भिर छ । आज बिहान लखनपुरको एकडरवा गाविसस्थित गहँु बारीमा अचानक देखा परेको बाघलाई हेर्न गएका स्थानीयवासीलाइ बाघले आक्रमण गरेपछि बचाउन गएका प्रहरीहरुलाइ पनि बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अरुण कुमार झा र प्रहरी हवल्दार दिपेन्द्र यादव, पर्साको लखनपुर गाविस वडा नम्बर ९ का १८ वर्षिय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी ,लखनपुर ८ एकडरवा निवासी ४८ वर्षिय आसमन राउत कुर्मी , त्यही ठाँउका १८ वर्षिय तुफान कुर्मी र रामनगरी २ का ६० वर्षिय रघुवीर साह कानु् घाइते भएका हुन् ।
घाइतेमध्ये प्रहरी निरिक्षक शाह, प्रहरी सहायक निरिक्षक झा , लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाइ थप उपचारका लागि नेपाली सेनाको एन.ए ०५३ हेलिकप्टरबाट काठमाण्डौ पठाएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।
अन्य घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने बाघलाइ प्रहरीले गोली हानेर मारीसकेको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
लखनपुरको एडरवास्थित खेतमा बिहान अचानक बाघ देखिएपछि हेर्न गएका गाँउलेहरुलाइ बाघले आक्रमण गरेको र त्यहाँबाट भागेको बाघले रामनगरीमा पनि पुगेर स्थानीयवासी र प्रहरीहरुलाई आक्रमण गरि घाइते बनाएको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण