पोखरा विमानस्थलको काम फेव्रुअरी भित्रै सुरु हुन्छः सहरी विकास मन्त्री
मङ्गलबार, २५ माघ २०७३, १८ : १७
पोखरा – सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही फेव्रुअरी महिना भित्रै हुने वताएका छन् ।
कन्या प्रविधीक शिक्षा स्थापनार्थ कन्या क्याम्पस नदीपुर पोखराद्धारा मंगलवारदेखि पोखरामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले सो कुरा वताएका हुन् ।
उनले सवै प्रक्रिया पूरा भईसकेकोले अव विमानस्थल निर्माण कार्यमा ढिलाई नहुने वताएका छन् ।
यस्तै पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नेवारे सहरी विकास मन्त्रालयमा एक महिना भित्र निवेदन पठाउन पनि उनले आग्रह गरेका छन् ।
पोखराका पूर्वाधार निर्माण गर्न सरोकारवाला तात्नु पर्ने वताउँदै मन्त्री केसीले यसको लागि सहरी विकास मन्त्रालय सँधै तयार रहेको वताए ।
उनले नेपालमा संविधान कार्यान्वय आजको आवस्यकता भएको वताए । उनले अव संविधानलाई समयानुकुल परिमार्जन गर्दै कार्यान्वयमा लगेपछि मात्र उपलव्धी संस्थागत हुने वाटो खुल्ने वताए ।
कन्या मावि र कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना गर्ने कुराले आफू उत्साही भएको वताउँदै उनले आगामी वर्षको वजेटवाट विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्याम्पस संञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सभासद शारदा पौडेल, यज्ञवहादुर थापा, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र भारी र क्याम्पस प्रमुख सुरेश मानन्धरले वोलेका थिए । यसअघि क्याम्पस गेटवाट निस्केको कलश यात्राले नगरपरिक्रमा गरेको थियो ।
पण्डित दिनवन्धु पोखरेलवाट वाचन हुने महायज्ञवाट क्याम्पसले ५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण