९ खेलाडीमा सिमित बार्सिलोना म्याड्रिडलाई रोक्दै कोपा डेल रेको फाइनलमा
बार्सिलोना – ९ खेलाडीमा सिमित बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोक्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
समग्रमा ३–२ को जीत निकाल्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
लुइस सुवारेज पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा १–० तथा समग्रमा ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा सर्जी रोबर्टोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सिलोना १० खेलाडीमा सिमित हुन पुग्यो । त्यसपछि, एन्टोनिया ग्रिजमानले गोल फर्काएपनि रेफ्री गलत निर्णय गर्दै उनलाई अफसाइड बताएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा एथ्लेटिको म्याड्रिडका याकिन कारास्कोले पनि दोस्रो कार्ड खाँदै मैदान छाड्नुपरेपछि दुवै टोली १० खेलाडीमा सिमित बन्यो ।
अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका केभिन गामेरियोले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपनि खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए ।
लियोनेल मेस्सीले प्रहार गरेको फ्रिकक पनि पोष्टमा लागेको थियो ।
गोलकर्ता सुवारेजले पनि खेलको अन्त्यमा रातो कार्ड खाएका थिए । उनले अब फाइनल खेल्न पाउनेछैनन् ।
डिफेन्डिङ च्याम्पियन बार्साले अब सेल्टाभिगो र आलाभेजको विजेतासँग फाइनलमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण