हराउन थाले गौँथली
म्याग्दी - कुनै समय बाक्लै देखिने गौँथली विस्तारै हराउन थालेका छन् ।
जिल्ला सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङलगायतका क्षेत्रमा पाँच–छ वर्ष अगाडि घरैपिच्चे देखिने गौँथली गुँड छोडेर जान थालेका हुन् ।
जोडी बनाएर बस्ने गौँथलीले मानवबस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका कारणले विस्तारै वासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताए । “वासस्थान र चरन क्षेत्र प्रमुख कारण हो । भौतिक संरचना गौँथली मैत्री छैन्” – सापकोटाले भने । धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने बताइने गरे पनि पछिल्ला वर्षहरूमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरेरसमेत मार्ने गरिएकाले वातावरण संरक्षणको अभियानमा लागेका व्यक्ति चिन्तित छन् ।
यसैबीच बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गौँथलीप्रति आकर्षित हुन थालेपछि गौँथलीको गुँड निर्माण, चरन क्षेत्रको व्यवस्थापन, बस्ती नजिक रहेको हिलो माटोमा मानवसिर्जित फोहर प्रतिबन्ध लगाइएको स्थानीयवासी विक्रम बुढाथोकीले बताए । “विगतभन्दा कम देखिन थालेका छन्, हामीले गौँथलीलाई संरक्षणका लागि आवश्यक क्षेत्रमा ध्यान दिएका छौँ” – उनले भने ।
तातोपानीमा आएका स्पेनका पर्यटकले आफ्नो देशमा गौँथलीलाई भगवानका रुपमा लिने गरेको बुढाथोकीले बताए । म्याग्दीका अन्य क्षेत्रको तुलनामा तातोपानीमा गौँथली देखिने गरेका छन् । मानवीय लापर्बाहीका कारण लोप हुन लागेको गौँथलीलाई संरक्षणका लागि गुँड नजिक अर्को गुँड बनाउने, आवतजावन गर्ने मार्गमा कुनै अवरोध नगर्ने, करेसामा किरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा संरक्षण गर्न सकिने वन तथा वातावरणसँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण