लामखुट्टे धपाउन खोज्दा तीन घर जलेर नष्ट
पर्सा - पर्साको लखनपुर गाविसमा आज बिहान भएको आगलागीमा तीन घर जलेर नष्ठ भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा वडा नं ५ निवासी दरोगा यादव, दुर्गा यादव र हरि यादवको घर जलेर नष्ट भएको हो ।
हरि यादवको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएको आगोले दरोगा र दुर्गा यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान ३ः४५ बजे भएको आगलागीमा परी हरि यादवको गोठमा बाँधिएको दुईवटा भैँसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए ।
आगलागीबाट तीनवटै घरमा राखिएको अन्न, लत्ताकपडा खाद्यान्न, नगद तथा जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता जोशीले बताए । आगलागीमा परी करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।
आगोलाई प्रहरी चौकी महुवन, स्थानीय बासिन्दा र वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण