ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु
बुधबार, २६ माघ २०७३, ०८ : ०९
चितवन - पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट आज एक किशोरीको मृत्यु भएको छ ।
भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याकरले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो ।
खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि ट्याकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण