फेसबुकका लगानीकर्ता जुकरबर्गबाट रुष्ट, अध्यक्षबाट हटाउन प्रस्ताव
न्युयोर्क – सामाजिक सञ्जाल फेसबुकका केही लगानीकर्ताले संस्थापक मार्क जुकरबर्गलाई कम्पनीको बोर्ड अफ डाइरेक्टर तथा कम्पनीको सिइओबाट हटाउन प्रस्ताव गरेका छन् ।
फेसबुकमा सेयर रहेको समअफअस नामक कर्पोरेट वाच ग्रुपले उनलाई हटाउन माग गर्दै प्रस्ताव अघि सारेको हो ।
भेन्चरबिटका अनुसार हालसम्म ३३३,००० जनाले हस्ताक्षर गरेको प्रस्ताव फेसबुकमा दर्ता गरिउको छ ।
यद्यपि, ३३३,००० जना मध्ये १५ सय जनासँग मात्र फेसबुकको सेयर रहेको छ ।
आफूलाई कर्पोरेसनहरुको बढ्दो शक्तिलाई नियन्त्रण गर्न समर्पित संस्था बताउने समअफअसले फेसबुकमा स्वतन्त्र व्यक्तिलाई सिइओ बनाउन प्रस्ताव गरेको छ ।
जुकरबर्ग फेसबुकका संस्थापक र सिइओ तथा बोर्ड अफ डाइरेक्टरका अध्यक्ष हुन् । उनीसँग फेसबुकको अधिकांश शेयर रहेको छ ।
समअफअसको प्रस्तावले फेसबुकको निर्णयमा कुनै असर नगर्ने जानकारहरुले बताएका छन् ।
यसअघि एप्पलका संस्थापक स्टिभ जब्सलाई पनि लगानीकर्ताहरुले कम्पनीको बोर्ड अफ डाइरेक्टरबाट हटाउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण