जिल्ला अस्पतालमा विशेषज्ञसहित आकस्मिक शल्यक्रिया सेवा सुरु हुने
काठमाडाँै - जिल्ला अस्पतालबाटै बिरामीले विशेषज्ञ सेवासहित शल्यक्रियाको सेवा पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ गतेदेखि मुलुकका १३ जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
सुरुमा १३ वटा जिल्ला अस्पताल र त्यसको केहि हप्तापछि बाँकी जिल्ला अस्पतालमा सो सेवा शुभारम्भ गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयको छ ।
आगामी फागुन १ गतेदेखि उक्त सेवा सुरु गर्नेमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा र बाग्लुङको बुर्तिवाङ जिल्ला अस्पताल रहेका छन् ।
स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँग सम्झौता गरी उक्त सेवा सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले बताए ।
उनले अस्पतालमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकलाई खटाइने तथा सो वापत उनीहरुलाई थप पारिश्रमिक उपलब्ध गराउने सहमति भएको बताउँदै सो सेवाका लागि ती अस्पतालमा आवश्यक उपकरण र वित्तीय स्रोतको व्यवस्था पनि सरकारले गर्ने धारणा व्यक्त गरे ।
उक्त सेवालाई बढी प्रभावकारी बनाउन तथा स्रोत साधनको व्यवस्थापनका लागि एक सर्वपक्षीय संयन्त्रसमेत गठन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण