भारतबाट घर फर्किदै गरेका एक नेपाली हराए
बिहीबार, २७ माघ २०७३, १४ : ३५
कैलाली - भारतको मुम्बईबाट घर फर्किने क्रममा अछाम जिल्ला पायल गाविस घर भई हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् ।
यही माघ २१ गते खत्री घर फर्किने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँदै छु भन्ने जानकारी दिउँसो फोनमार्फत घरपरिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
धर्म खत्रीका २३ वर्षीय छोरा वीरेन्द्रलाई फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा आफन्तलाई जानकारी गराई दिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण