आधा घण्टा बसेर मन्त्रिपरिषद्ले गर्यो केवल एउटा निर्णय
बिहीबार, २७ माघ २०७३, १७ : १९
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ ।
एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको म्याद माघ २८ गते सकिँदै थियो ।
आजै नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति गर्ने समाचार आएपनि नेपाली कांग्रेस र नेकपा माओबादीबिच सहमति नभएका कारण रोकिएको छ । अब अर्को मन्त्रीपरिषदको बैठकबाट प्रहरी महानिरिक्षक नियुत्ति गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण