कस्ता छन् नेपालका लागि नयाँ भारतीय राजदूत ?

काठमाडौँ – आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका भारतीय राजदूत रञ्जित रेको स्थानमा मन्जिव सिंह पुरी यहाँका लागि नयाँ राजदूतका रुपमा सिफारिस भएका छन् ।
सन् १९५९ फेब्रुअरी १५ मा नयाँ दिल्लीमा जन्मिएका पुरी बेल्जियमका लागि भारतको राजदूत रहेका छन् ।
६५ वर्षीय पुरीका पिता पनि कुटनीतिज्ञ नै थिए । पिता धेरै समय विदेशमा रहनुपर्ने हुँदा उनले भारतमा नै रहेका आवासीय विद्यालयमा अध्ययन गरेका थिए ।
दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स) गरेका थिए ।
त्यसपछि व्यवस्थापनमा स्नातकोत्तर गरेका सिंहले भारत सेवामा लाग्नअघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए ।
सन् १९८२ को ब्याचमा भारतीय विदेश सेवामा अफिसरको रुपमा प्रवेश गरेका थिए ।
भारतीय जनता पार्टीसँग आबद्ध पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयाक स्थायी प्रतिनिधिको रुपमा कार्यरत थिए ।
उनी सन् २०११–१२ मा भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्यको रुपमा पनि काम गरेका थिए ।
दीर्घकालिन विकास र वातावरणको विषयमा काम गरेका पुरीले सन् २०१२ मा ब्राजिलको रियोमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतको तर्फबाट प्रमुख मध्यस्तकर्ता थिए । त्यस्तै, उनले वातावरणसम्बन्धि धेरै सम्मेलनमा भारतको प्रतिनिधित्व गरेका छन् ।
यसको साथै उनले मुख्य आर्थिक फोरम तथा सन् २००९ मा कोपनहेगनमा भएको युएनएफसीसीसीमा पनि भाग लिएका थिए ।
सन् २००५ देखि ०९ सम्म उनी भारतको विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ डिभिजनको प्रमुख पनि थिए ।
लामो समय भारतको कुटनीतिक क्षेत्रमा विताएका पुरीले सन् १९८४ देखि ८६ र १९९१ देखि ९४ सम्म जमर्नीमा समेत खटिएका थिए । त्यस्तै, सन् १९८६ देखि ८९ सम्म बैंकक, सन् १९८९ देखि ९१ सम्म काराकास, न् १९९८ देखि २००२ सम्म केप टाउन, सन् २००२ देखि ०५ सम्म मुस्काटमा पनि रहेर काम गरे ।
सन् १९९४ देखि ९८ सम्म उनी ठूला राजनीतिक भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयको प्रोटोकल इन्चिार्ज पनि थिए ।
उनकी पत्नी नम्रिता पुरी रहेकी छिन् भने उनको दुई छोराछोरी रहेका छन् । उनी पनि कुटनीतिक क्षेत्रमा नै कार्यरत छिन् ।
राष्ट्रिय सुरक्षाको विषयम पार्टीको विदेश नीति मनपरेको बताउँदै उनी सन् २०१४ को जनवरीमा भारतीय जनता पार्टी प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह