शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौडाले पायो प्रदेश नम्बर ३ को मुख्यमन्त्री, षड्यन्त्र भएको शाक्यको आरोप

शुक्रबार, २६ माघ २०७४, १२ : ४८
शुक्रबार, २६ माघ २०७४

काठमाडौं– नेकपा एमाले प्रदेश नं ३ को संसदी दलको नेतामा डोरमणी पौडेल विजयी बनेका छन् । शुक्रबार दलको नेताका लागि भएको निर्वाचनमा पौडेल ३४ मत ल्याएर दलको नेतामा विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएकी थिइन् । पौडेल संस्थापन पक्षका हुन् भने शाक्य माधव नेपाल समुहकी हुन् ।

यो सँगै प्रदेश नंम्बर ३ को मूख्यमन्त्री हुन पौडेललाई बाटो खुला भएको छ । पौडेल हेटौडा निवासी हुन् । 

नवनिर्वाचित दलका नेता पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले स्रोत र साधनले समृद्ध भएकाले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन कठिनाई नहुने पनि स्पष्ट पारे । पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने अठोट आफूसँग भएको दावी समेत गरे । उनले प्रदेशको राजधानी संविधान, कानुन अनुसार तय हुने पनि स्पष्ट पारे ।

प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखको भूमिका निर्वाह गर्दै आएका पौडेलले मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभामा विजयी भएका थिए । हेटौडाका विकास योजनाकार पौडेल २०६४ र २०५४ सालमा हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । ७० वर्षीय पौडेल ३७ वर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०५४ सालदेखि नेपाल नगरपालिका संघको नेतृत्व कुशलतापूर्वक सम्हालेका थिए ।

यसैवीच संसदीय दलको नेतामा पराजय भोगेकी शाक्यले आफूविरुद्ध पार्टी अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको आरोप लगाइन् । 

उनले रातोपाटीसँग कुरा गर्दै ओलीले गरेको षडयन्त्रका कारण आफुले हार व्यहोर्नु परेको भन्दै यो पार्टी र केपी ओलीका लागि नै घातक हुने चेतावनी  दिइन् । 

उनले आफुलाई हराउन अध्यक्ष ओली लागेर समग्र महिला आन्दोलनकै अपमान गरेको बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप