हेटौडाले पायो प्रदेश नम्बर ३ को मुख्यमन्त्री, षड्यन्त्र भएको शाक्यको आरोप
काठमाडौं– नेकपा एमाले प्रदेश नं ३ को संसदी दलको नेतामा डोरमणी पौडेल विजयी बनेका छन् । शुक्रबार दलको नेताका लागि भएको निर्वाचनमा पौडेल ३४ मत ल्याएर दलको नेतामा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएकी थिइन् । पौडेल संस्थापन पक्षका हुन् भने शाक्य माधव नेपाल समुहकी हुन् ।
यो सँगै प्रदेश नंम्बर ३ को मूख्यमन्त्री हुन पौडेललाई बाटो खुला भएको छ । पौडेल हेटौडा निवासी हुन् ।
नवनिर्वाचित दलका नेता पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्रोत र साधनले समृद्ध भएकाले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन कठिनाई नहुने पनि स्पष्ट पारे । पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने अठोट आफूसँग भएको दावी समेत गरे । उनले प्रदेशको राजधानी संविधान, कानुन अनुसार तय हुने पनि स्पष्ट पारे ।
प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखको भूमिका निर्वाह गर्दै आएका पौडेलले मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभामा विजयी भएका थिए । हेटौडाका विकास योजनाकार पौडेल २०६४ र २०५४ सालमा हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । ७० वर्षीय पौडेल ३७ वर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०५४ सालदेखि नेपाल नगरपालिका संघको नेतृत्व कुशलतापूर्वक सम्हालेका थिए ।

यसैवीच संसदीय दलको नेतामा पराजय भोगेकी शाक्यले आफूविरुद्ध पार्टी अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको आरोप लगाइन् ।
उनले रातोपाटीसँग कुरा गर्दै ओलीले गरेको षडयन्त्रका कारण आफुले हार व्यहोर्नु परेको भन्दै यो पार्टी र केपी ओलीका लागि नै घातक हुने चेतावनी दिइन् ।
उनले आफुलाई हराउन अध्यक्ष ओली लागेर समग्र महिला आन्दोलनकै अपमान गरेको बताइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण