बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नाइटोमा तेल लगाउनुका यी फाइदा बारे जानकार हुनुहुन्छ तपाईं ?

मङ्गलबार, ०१ चैत २०७३, १५ : ०९
मङ्गलबार, ०१ चैत २०७३

के तपाईंलाई लाग्छ, लोक प्रचलित उपचारले काम गर्दैन ? तर यस्तो हुँदैन । थुप्रै यस्ता औषधी र उपचार छन् जुन आज पनि प्रभावकारी छन् ।

तपाईंलाई अचम्मका लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ । नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि रोगबाट राहत पाइन्छ ।

१. फुटेको ओठ र जोनीको दुखाईः

आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ ।

२. के तपाईंलाई रुघा खोकी लागेको छ ? यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ ।

३. महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुन्छ ? कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् ।

४. निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ ।

५. बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ ।

६. नरिवल वा जैतुनको तेलको केही थोपा नाइटोमा लगाउनुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले प्रजनन क्षमता बढाउने गर्दछ ।

७. के तपाईंलाई स्वस्थ र नरम छाला चाहिन्छ ? त्यसो भए गाईको घ्यूलाई नाइटोमा लगाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप